एन प्याब्सन दाङको आयोजनामा मंगलबार देखि सुरु भएको जिल्ला स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ अन्तर्गत आज बुधबार एथलेटिक्स र भलिबल खेलहरु भएका छन् ।
बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा एथलेटिक्स तर्फको सात पदकको टुंगो लाग्दा ज्ञान ज्योती माबी तुलसीपुर ३ स्वर्ण र १ रजत पदकका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै मिडवेष्ट प्वाईन्ट एकेडेमी शान्तिनगरले २ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गर्दै द्वितिय, जनप्रीय बोर्डिङ स्कुल बालापुर १ स्वर्ण, १ कास्यका साथ तृतिय स्थानमा रहेको छ भने मोडर्न दिगदर्शन पन्चकुले १ स्वर्ण हात पार्दै चौथो स्थानमा रहेको छ ।
त्यस्तै डिभाईन टेम्पल एकेडेमी तुलसीपुरले १ रजत र १ कास्य, शारदा विद्या मन्दिर तुलसीपुरले १ रजत, श्रीगाउँ लाईफ भिजन स्कुल दङ्गिशरणले १ रजत, शारदा सिस्ने स्कुल तुलसीपुरले २ कास्य र पारिजात ईङ्लिस स्कुल तुलसीपुरले १ कास्य प्राप्त गरेको खेल संयोजक बालकृष्ण खत्रीले जानकारी दिनुभएको छ ।
त्यस्तै भलिबल छात्र/ छात्रा तर्फ आज पहिलो चरणका खेलहरु भएका छन् । प्रतियोगिताकामा एन प्याब्सनमा आवद्ध जिल्लाका २७ विधालय बिच एथलेटिक्सका १३ इभेन्ट्स र भलिबल छात्र/ छात्रामा कडा प्रतिस्पर्धा हुनेछ । यस्तै प्रतियोगिताका दोस्रो दिनका खेलहरु भोली विहिबार बिहान ८ बजे बाट सुरु हुने नेशनल प्याव्सन दाङका उपाध्यक्ष ठाकुर डाँगीले जानकारी दिनुभयो ।
यसैबिच नेशनल प्याब्सनका जिल्ला अध्यक्ष भोजराज न्यौपानेले प्रतियोगितालाई सभ्य एवं भब्य रूपमा सम्पन्न गर्न सबैलाई अनुरोध गर्नुभएको छ । साथै उहाँले प्रतियोगितालाई थप रौनक बनाउन खेलप्रेमी, खेलाडी, शुभेच्छुक, पत्रकार लगाएत सबैमा गरिमामय उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।