नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । तुलसीपुरको होटेल वेस्टर्न प्यालेसको सभाहलमा आज शनिबार एक भब्य कार्यक्रमको आयोजना गरि प्रथम साधारणसभा गरिएको हो ।
नेपाल नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर के सी को अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेलेको प्रमुख आतिथ्यता रहेको थियो । बिशिस्ट अतिथीमा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक मेयर एबम प्रवक्ता माधव वली रहनुभएको थियो ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले युवालाई विदेश पलायनबाट रोक्नका लागि सरकारले अब पनि गम्भिरता नदेखाउने हो भने पुरुषजति विदेश पलायन हुँदा पछिल्लो समय महिलाहरू उद्यममा जोडिन थालेको समेत बताउनुभयो । महिलाहरु आत्मनिर्भरताको बाटोतर्फ जानु पनि सकारात्मक पक्ष रहेको उहाँको भनाई छ । नागरिकका झन् निराशा र आक्रोश सिर्जन हुने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर के सि ले घरेलु महासंघ नेपालमा स्वदेशी बस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायीहरुको साझा छाता संस्था रहेको र उद्योगी तथा ब्यवसायीहरुमा रहेका विविधखाले समस्याहरुको सामुहिक सामाधान गर्न यस उद्योगी तथा ब्यवसायीहरुको साझा संस्थामा एकताबद्ध हुदैं सम्पुर्ण महिला लघु उद्यमी समुहहरु, घरेलु, साना तथा मझौला उद्योेगहरु, होटेल, पर्यटन तथा सेवामूलक ब्यवसायीहरु, सहकारी संस्थाहरु, उर्जा उद्योगहरु, कृषि तथा पशुपालन ब्यवसायीहरु सबैले यस महासंघको सदस्यता रहेको बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका भित्र नगर स्तरिय शाखा गठन भई बिगत २ बर्ष देखि उद्योगी तथा ब्यवसायीहरुका साझा सवालमा सक्रिय रहदै आएको छ । यसै सिलसिलामा तुल्सीपुर उपमहानगरपालिका र अन्य उद्यमशिलता सम्बन्धि कार्य गर्ने संघ सस्था हरुलाई एकताबद्द तथा समन्वय गरि तुलसीपुर ब्यबसाय सम्बर्द्धन केन्द्र र नवउद्यमशाला सहायता कार्यक्रम, ब्यवसायमा आउने नविनतम चुनौती र सामाधनाको पहलकदमी कार्यक्रम लगायत बिबिध ब्यवासायिक हितका कार्य गर्दै आईरहेको अध्यक्ष के सी ले बताउनुभयो ।
त्यस्तै बिशिस्ट अतिथि एबम नगरप्रवक्ता माधव वलीले स्थानीय सरकारले स्थानीय उत्पादनको बजारीकरणका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको बजारीकरणमा घरेलु तथा साना उद्योगी व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । उहाँले देशमा रोजगारी सिर्जना गर्नका लागि स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दिपेश भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, अण्डा तथा दुग्ध उत्पादक किसान सासिरम बुढाथोकी, तुलसीपुर खानेपानी सरसफाई उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष यमकान्त भण्डारी, युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राज्यले युवा जनशक्ति पलायनबाट रोक्नका लागि उद्योग व्यवसायको प्रवद्र्धनमा सशक्त भूमिका खेल्नुपर्ने बोल्ने बक्ताहरुले बताए
कार्यक्रममा उद्योगी व्यवसायीले राज्यले उद्योगी व्यवसायीका समस्या समाधान गर्न नसकेको र नीहरुले बाह्य वस्तुको खुला आयात, बैंक बढ्दो व्याजदर, युवा जनशक्ति पलायन लगायतका कारण उद्योगी व्यवसायी समस्यामा पर्न थालेकोउनीहरुले गुनासो गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका बरिष्ठ उपाध्यक्ष सचिन पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्र बहादुर वलीले गर्नुभएको थियो ।