"मेरिगोल्ड डान्सिङ स्टार २०८१" सम्पन्न भएको छ । तुलसीपुर - ७ श्रीगैं स्थित मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको नृत्य प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
नृत्यमा रुचि भएका विद्यार्थीहरु मध्य बाट कक्षा १ देखि ५ सम्म जुनियर र कक्षा ६ देखी १० सम्म सिनियर गरि २ समूहमा विभाजन गरिएको थियो । विभिन्न चरणहरु पार गर्दै दुबै समूहबाट जम्मा २६ जना प्रतिस्पर्धी अन्तिम चरणमा प्रवेश गर्न सफल भएका थिए ।
विद्यालय प्राङ्गणमा भएको अन्तिम प्रतिस्पर्धा बाट जुनियर र सिनियर समूह बाट ३/३ जना गरि जम्मा ६ जना लाई उत्कृष्ट घोषणा गरिएको छ ।
उत्कृष्ट हुनेहरुलाई एक औपचारिक कार्यक्रमका बीच नगद रकम सहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ भने मासिक शुल्कमा छुटको समेत व्यवस्था गरिएको छ ।
यसवर्षको प्रतियोगितामा जुनियर तर्फ लक्ष्मी के. सी प्रथम, जस्लिन छन्त्याल द्वितिय र अदिती राना तृतीय हुन सफल हुनुभएको छ । त्यसैगरी सिनियर तर्फ योजना रिजाल प्रथम, रोशिमा पार्धे द्वितिय र करुणा ओली तृतीय हुन सफल हुनुभएको छ ।
विद्यालयका खेलकुद संयोजक विष्णु न्यौपानेका अनुसार दुबै समूह बाट प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ भने ३५ प्रतिशत छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ । त्यस्तै द्वितिय हुनेलाई नगद ३ हजार रुपैयाँ, प्रमाणपत्र प्रदान गरिएको छ भने २५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्यसैगरी तृतीय हुनेले नगद २ हजार रुपैयाँ, प्रमाणपत्र र १५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रीन्सिपल बाशुदेव रिजालले नृत्य र गायनमा रुचि भएका विद्यार्थीहरुका लागी हरेक वर्ष प्रतिस्पर्धा गराउँदै आएको बताउनुभयो । उनिहरुको क्षमता अभिबृद्वी सँगै भविष्यमा कला र संगित क्षेत्रमा पनि अब्बल बन्न सकुन भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्दै आएको उहाँको भनाई थियो । त्यसैगरि विद्यालयले किताबी ज्ञान सँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिंदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमको संचालण विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नुभएको थियो ।