डिभाईन टेम्पल एकेडेमी तुलसीपुरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न समुदायको संस्कृती झल्कने गीत, नृत्य प्रस्तुत गरेका थिए भने कला र संस्कृत संरक्षण सम्बन्धि भनाई राखेका थिए ।
विभिन्न समुदायको कला र संस्कृतीको बारेमा विद्यार्थीहरुलाई व्यवहारिक रुपमै जानकारी गराउँदै यसको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक प्रीन्सिपल भोजराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न समुदायको संस्कार र संस्कृती झल्कने प्रस्तुति सँगै योगा नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नेपाली, थारु, गुरुङ, मगर, नेवारी, खस आर्य, अवधी लगायत एक दर्जन बढी भाषाभाषी तथा समुदायको संस्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा मौलिक बाजा र खानाको प्रदर्शनी समेत गरिएको थियो । साथै कार्यक्रममा कला र संगितको माध्यमबाट समाजमा अतुलनीय योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चर्चित गायक गोविन्द मधुर आचार्यले विभिन्न मौलिक तथा लोक गितहरु गायर सबैलाई नचाउनुभएको थियो ।
एकेडेमीका संस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षता तथा एन प्याव्सनका केन्द्रिय सदस्य प्रकाश शर्माको प्रमुख आतिथ्यता एवं संस्कृतविद सुन्दर गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले संस्कार र संस्कृति प्रवर्द्धन र संरक्षण कुरामा मात्र नभई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । बालबालिकाहरुले जस्तो शिक्षा पाउँछन् त्यस्तै बन्ने भएकोले अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । साथै उहाँले डिभाईन टेम्पलले किताबी ज्ञान सँगै अतिरिक्त क्रियाकलाप र संस्कार एवं संस्कृतीलाई पनि जोड दिंदै आएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गौतमले हाम्रा परम्परा र रितिरिवाजलाई पुस्तान्तण गर्दै जानुपर्ने बताउनुभयो ।
विद्यालयले वार्षिक क्यालेन्डर अनुसार विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकासका लागी विभिन्न गतिविधिहरु गर्दै आएको प्रीन्सिपल न्यौपानेले बताउनुभयो । विद्यार्थीहरुलाई किताबी ज्ञान सँगै सृजनसिल बनाउन विद्यालय निरन्तर लागिपरेको उहाँको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक प्रकाश भट्टराईले राख्नुभएको थियो भने कार्यक्रमको संचालण विद्यालयका शैक्षिक कोर्डिनेटर जीवन लामिछानेले गर्नुभएको थियो ।